शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेन–जी आन्दोलनमा घुसपैठ आरोपमा राप्रपाका हमाल पक्राउ

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रवि किरण हमाललाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो बानेश्वरमा आन्दोलनमा सहभागी भएपछि साँझ बूढानीलकण्ठ पुगेका बेला हमाललाई पक्राउ गरिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

हमाल पूर्वमा राजावादी आन्दोलनमा पनि सक्रिय रहेका राप्रपाका युवा नेता हुन् । जेन–जी आन्दोलनमा उनी सहभागी हुँदा प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

साथै, उनले आन्दोलनमा भएको क्षतिको जिम्मा लिने र राजनीतिशास्त्र पढेको व्यक्तिको हैसियतले देशको कार्यकारी प्रमुख बन्न सक्ने दाबी गरेको भिडियो पनि बाहिर आएको छ ।