काठमाडौं । सरकारले जेन–जी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति–सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड र अराजकता मच्चाउने तत्वहरूको पहिचान गरी घटनाबारे छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
साथै, मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचार व्यवस्थापन सरकारले गर्ने पनि उनले बताए ।