काठमाडौँ । नयाँबानेश्वरमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
घाइतेलाई सिभिल अस्पतालमा उपचारका लागि पुर्याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको परिचय भने अझै सार्वजनिक भएको छैन। विस्तृत विवरण आउन बाँकी छ।