काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले आज काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।
माईतीघर मण्डलामा भेला भएका युवाहरूले भ्रष्टाचार, प्रशासनमा राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा रोकविरुद्ध आफ्नो विरोध प्रकट गरेका छन्। उनीहरूको उद्देश्य सरकारमा पारदर्शिता कायम गर्नु, भ्रष्ट व्यक्तिलाई जवाफदेही बनाउनु र प्रशासनलाई स्वतन्त्र बनाउनु रहेको छ।
जेन–जीले प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेका छन्। उनीहरूले यस आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्य र समाज सुधारका लागि भएको दाबी गरेका छन्।