मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

म हेपिन तयार छु, तर राष्ट्रलाई हेप्न दिँदिनँ : प्रधानमन्त्री ओली

सोमबार, भाद्र २३ २०८२

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई हेप्ने प्रयास सहन नसक्ने बताएका छन्।

गोदावरीमा भएकाे एमालेको विधान महाधिवेशनकाे आइतबार अन्तिम सम्बोधन गर्दै उनले हाल बन्द गरिएका सामाजिक सञ्जाल दर्ता भएर नियमनमा आउन नचाहेको आरोप लगाउँदै, त्यसलाई नेपाललाई होच्याउने प्रयासका रूपमा चित्रित गरे।

प्रधानमन्त्री ओलीले भने, “हामी भोकै बसेर पनि स्वाभिमान जोगाएका हौं। भोकै बसेर पनि नाकाबन्दी सहेका हौं। मलाई जसले जतिसुकै हेपोस्, मलाई मतलब छैन, म हेपिन तयार छु। तर, देशलाई हेपेको सहन सक्दिनँ।”

उनले सबैलाई राष्ट्रको स्वाभिमानमा ठेस पुर्याउने गतिविधि नगर्न आग्रह गरे। साथै, अन्य दलका नेताहरूलाई सामाजिक सञ्जाल बन्दको निर्णयको विरोध गरेर निरीहता प्रदर्शन नगर्न चेतावनी दिँदै भने, “क्षणिक स्वार्थमा अन्धो नहुनुस्।”

ओलीले आफू र आफ्नो पार्टीले वाक स्वतन्त्रताको लागि बलिदान र संघर्ष गरेको स्मरण गर्दै अहिले सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रता ‘प्यारो लाग्ने’ भए पनि त्यसका लागि आफूहरू पहिले नै लडेका र योगदान गरेको दाबी गरे।