शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपालाई बालेनको कटाक्ष : ‘देख लिया दो बार सरकार मे जानेका नतिजा ??’

सोमबार, भाद्र २३ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पछिल्ला दिनमा सामाजिक सञ्जालमा सक्रियता र तीव्र टिप्पणीका कारण चर्चामा छन्।

विशेषगरी नेपाल सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि उनको गतिविधि अझै बढी ध्यानाकर्षणमा आएको छ।

स्टाटस लेख्ने मात्र होइन, शीर्ष नेताहरूको पोस्टमा कमेन्ट गर्दै पनि मेयर साह सार्वजनिक बहसमा आएका छन्। यही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन्।

रास्वपा समर्थक कलाकार तथा कार्यक्रम प्रस्तोता आसिफ साहले सामाजिक सञ्जालमा अमिताभ बच्चनको तस्बिरसहित पोलियो खोप अभियानको पोस्टर सेयर गर्दै ‘यो तस्बिरले हाम्रा नेताहरूसँग केही भन्न खोजेको छ जस्तो छ’ भन्ने क्याप्सन लेखेका थिए। उक्त पोस्ट जेन–जीको आन्दोलनलाई लक्षित रहेको बुझिएको छ।

त्यसको जवाफमा मेयर बालेनले रास्वपा दुई पटक सरकारमा गएको प्रसंग उल्लेख गर्दै कमेन्टमा लेखेका छन् – ‘देख लिया दो बार सरकार मे जानेका नतिजा??’