काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना कर्मचारीको सरुवा गरेको छ ।
आइतबार सार्वजनिक भएको निर्णयअनुसार ४४ जना उपसचिव र १७ जना शाखा अधिकृत गरी कुल ६१ जनाको सरुवा गरिएको हो।
शाखा अधिकृतहरूको सरुवामध्ये १६ जनालाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ ।
मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हटाउँदै नियमित व्यवस्था लागू गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।