बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से उच्च अंकले घट्यो, बजार रातै

आइतबार, असार १५ २०७६

काठमाडौं असार, १५–
नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से १२ दशमलव २७ अंकले घटेर १२ सय ४४ दशमलव ८९ झरेको छ भने सेन्सिटिभ एक दशमलव ९२ अंकले घटेर दुुई सय ६९ दशमलव २४ अंकमा झरेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको सात हजार दुुई सय एक वटा कारोबारमा २३ लाख ६१ हजार पाँच सय कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैैयाँ पुुगेको छ । 
आज ११ वटा समुहको कारोवार हुँदा ११ वटै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये वाणिज्य बैक समुहको सुचक ११ दशमलव ८५ अंकले घटेर ११ सय २० दशमलव ३६ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक १२ दशमलव ६९ अंकले घटेर १५ सय ७९८ दशमलव नौं अंकमा झरेको छ । जविद्युुत समुहको सुचक पनि १३ दशमलव १३ अंकले घटेर ११ सय ७८ दशमलव १३ अंकमा झरेको छ । लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन् । 
कमाउने कम्पनीहरुको सुचीमा आज स्वाभिमान लघुुबित्त बित्तीय संस्था, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीरुको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी, ग्लोबल आईएमई लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने ग्लोबल आईएमई बैंक, नेपाल बैैक आदि परेकाछन् ।