शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

आइतबार, भाद्र २२ २०८२

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न हुँदैछ । दुई दिनदेखि जारी महाधिवेशन अन्तिम चरणमा पुगेको हो ।

महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदन र दस्तावेजमाथि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनाइएका १० वटा समूहले शनिबारसम्म विमर्श सकिसकेका छन् । त्यसपछि समूहगत रूपमा तयार पारिएका प्रतिवेदन आइतबार टोली नेताहरूले महाधिवेशन हलमा प्रस्तुत गर्ने भएका छन् ।

समूहगत प्रतिवेदनका सुझाव र जिज्ञासामा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने तयारी गरिएको छ । कुनै विषयमा सहमति नभए मतदानमार्फत टुङ्गो लगाइने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजाल गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार सकेसम्म सबै पक्षका सुझावलाई समेटेर एकीकृत रूपमा पार्टी विधान पारित गर्ने तयारी छ । यससँगै महाधिवेशन आजै औपचारिक रूपमा सम्पन्न हुने भएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसमेतको प्रतिवेदन पेश गरेका थिए । यी प्रतिवेदनमाथि शनिबार र आइतबार भएको समूहगत छलफललाई एमाले नेतृत्वले विशेष महत्वका साथ लिएको छ ।