बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वृद्धभत्ताभन्दा ठूलो आवश्यकता सामाजिक सञ्जाल : दुर्गा प्रसाईं

शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ७० वर्ष नाघेका बुबाआमाका लागि वृद्धभत्ताभन्दा ठूलो आवश्यकता सामाजिक सञ्जाल भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले परिवार टाढा भए पनि सामाजिक सञ्जालले भावनात्मक सम्बन्ध कायम राख्ने माध्यम बनेको उल्लेख गरे।

उनले विदेशिएका छोराछोरी र नातिनातिनीसँग अनुहार हेरेर खुसी साटासाट गर्ने एक मात्र बाटो सामाजिक सञ्जाल भएको भन्दै सरकारले यसलाई बन्द गर्नु जघन्य अपराध सरह भएको टिप्पणी गरे।

प्रसाईंका शब्दमा, “आज ७० वर्ष नाघेका बुबाआमालाई वृद्धभत्ताभन्दा पनि ठूलो आवश्यकता सामाजिक सञ्जाल हो। परिवार टाढा भए पनि यही माध्यमले भावनात्मक सम्बन्ध कायम राखेको छ। विदेशिएका छोराछोरी, नातिनातिनीसँग अनुहार हेरेर खुसी साटासाट गर्ने एक मात्र बाटो बनेको छ सामाजिक सञ्जाल। त्यसलाई बन्द गर्नु भनेको जघन्य अपराध सरह हो।”