शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

शुक्रबार, भाद्र २० २०८२

काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि ‘हाम्रो पात्रो’ले सूचीकरणका लागि निवेदन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयमा आजै ‘हाम्रो पात्रो’ले दर्ता प्रक्रियामा आउन निवेदन दर्ता गरेको हो।

यसअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले २०८० वैशाख १२ गते सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक स्वदेशी वा विदेशी प्लेटफर्मलाई अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचीकरण गर्न आदेश दिएको थियो।

उक्त आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ७ दिनभित्र तोकिएको ढाँचामा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था गरेको थियो।

निर्देशिका–२०८० अनुसार सूचीकरणका लागि नेपालभित्र सम्पर्क बिन्दु तोक्ने, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम पालना अनुगमन गर्ने अधिकारी तोक्नुपर्नेछ।

मन्त्रालयले यसैबारे सार्वजनिक सूचना जारी गर्दै इच्छुक प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेको छ।