शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई आपत्तिजनक बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जनचाहनाअनुसार काम गर्न नसकेर आलोचनाको सामना गर्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाए।

उनले लेखेका छन्, “जनचाहना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ। यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु।”

कोइरालाले सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी प्रभावित हुने चेतावनी दिँदै उक्त कदम तुरुन्त सच्याउन माग गरेका छन्।