शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसदीय सुनुवाइ समितिकाे सभापतिमा कांग्रेसले रामहरि खतिवडालाई अघि सार्ने 

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त सभापति पदका लागि भोलि निर्वाचन हुँदैछ।

खतिवडाले पार्टीको निर्णयअनुसार आफू सभापतिमा उम्मेदवार बन्ने पुष्टि गर्दै त्यसलाई स्वीकार गरेर अघि बढ्ने बताएका छन्।

यसअघि समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो। न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा पठाइएको हो।

त्यसपछि न्यौपानेको रिक्त स्थानमा रामहरि खतिवडा सुनुवाइ समितिमा सदस्य बनेका थिए। खतिवडाले यसअघि राज्य व्यवस्था समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए तर ‘कुलिङ पिरियड छेडखानी’ प्रकरणमा छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि उनले राजीनामा दिएका थिए।