शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि बस्ने

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा स्थायी कमिटीका हालैका निर्णय, नेतृत्वको कार्यशैली, र पार्टीभित्र उठेका असन्तुष्टिबारे गहन छलफल हुने जनाइएको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक मध्यपहाडी लोकमार्ग जागरण अभियान, समसामयिक राजनीतिक मुद्दा, तथा स्थायी कमिटी बैठकका निर्णयमाथि केन्द्रित हुनेछ।

उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तनसम्बन्धी विषय पनि बैठकको प्रमुख एजेन्डा हुने बताइएको छ।

यसअघि स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ।