बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गोकुल बाँस्कोटाले प्रदीप ज्ञवालीको टिप्पणीको स्वागत गर्दै भने : धन्यवाद !

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र उठाएका विचारको स्वागत गर्दै धन्यवाद दिएका छन्।

ज्ञवालीले सोमबार पार्टीमा केही पदाधिकारीहरूले आफ्नो वडा जिताउन नसके पनि ठूलो कुरा मात्र गर्ने शैली रहेको टिप्पणी गरेका थिए। यसप्रति खुसी हुँदै बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै भने, “कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएछ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाएँ, तर पार्टीमा दिन हैन, लिन आएका व्यक्तिहरूले निरन्तर प्रहार गरे।”

बाँस्कोटाले नेताले तथ्य बोलेपछि पार्टीमा केही सुधार हुने आशा व्यक्त गरेका छन्। उनले आफ्नो टिप्पणीमा राजनीतिलाई स्थायी बनाउन र वृक्षको जरासँग जोडेर उदाहरण प्रस्तुत गरेका छन्। हाल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओली र उनका पक्षधरको गतिविधिप्रति असन्तुष्टि पनि देखाइरहेका छन्।