काठमाडौँ । काठमाडौं पुतलीसडकमा माइक्रोले पैदल यात्रु ठक्कर दिँदा दुई बालबालिका घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बा.प्र. ०१–००२ च ८३२२ नम्बरको माइक्रोले ५ वर्षीया आशिका राई र ९ वर्षीय विवेक तामाङलाई ठक्कर दिएको हो।
घाइते बालबालिकालाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत गरिएको छ।
आशिका राईको अवस्था सामान्य छ भने विवेक तामाङको अवस्था गम्भीर छ। दुर्घटनामा संलग्न माइक्रो चालक २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।