बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

६ जिल्ला अदालतमा न्यायाधीश सिफारिस

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । न्याय परिषद्ले देशका विभिन्न ६ जिल्ला अदालतका लागि न्यायाधीश नियुक्तिका सिफारिस गरेको छ ।

सोमबार बसेको परिषद्को बैठकले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा कार्यरत गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालतमा सिफारिस गरेको छ । त्यस्तै, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरूणकुमार कोइरालालाई डडेलधुरा, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालीकोट, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, सर्वोच्च अदालतकी इजलास अधिकृत अनुपमा पन्तलाई धनुषा र कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो ।

नियुक्ति प्रक्रिया सम्पन्न भएपछि उनीहरूले राष्ट्रिय न्यायिक प्रतिष्ठानमा तालिम लिएर सम्बन्धित जिल्लामा पदस्थापना हुनेछन् ।

यसअघि साउन ३० गते २७ जना उच्च अदालतका न्यायाधीश सिफारिस भएसँगै उच्च अदालतका रिक्त पद भरिएका थिए । यसपटक जिल्ला अदालतका ६ न्यायाधीश सिफारिससँगै सम्बन्धित जिल्लाका कोटा पनि पूर्ण भएका छन् । तर अझै लोकसेवा आयोगमार्फत नियुक्त हुने २१ जना जिल्ला अदालतका न्यायाधीश र सर्वोच्च अदालतको १ पद भने रिक्त रहेको छ ।