काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भई काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् ।
छाती दुख्ने समस्या देखिएपछि सोमबार अस्पताल पुर्याइएकी श्रेष्ठको उपचार भइरहेको र उनको स्वास्थ्यमा क्रमिक सुधार आएको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई पहिल्यैदेखि मुटु सम्बन्धी समस्या छ । गत वर्ष उनको मुटुको शल्यक्रिया पनि गरिएको थियो ।