काठमाडौँ । सिन्धुपाल्चोकको तारामराङ आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ११:२३ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा समेत अनुभव गरिएको थियो ।
यसअघि मंगलबार बिहान ६:१५ बजे गोरखा अजिकोट–३ हंशपुर केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
त्यस्तै दिउँसो ३:१३ बजे दोलखाको लापिलाङ क्षेत्रमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।