शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रूपन्देही-३ उपनिर्वाचन : राप्रपा नेपालबाट अर्जुन थापा उम्मेदवार सिफारिस

बुधबार, भाद्र १८ २०८२

काठमाडौं । रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जिल्ला कार्य समितिको सिफारिसका आधारमा लुम्बिनी विकास क्षेत्र समन्वय समितिले अर्जुन थापालाई उम्मेदवारको रूपमा केन्द्रमा एकल सिफारिस गरेको हो ।

महामन्त्री बर्तौलाले क्षेत्रीय समन्वय समितिबाट आएको सिफारिस केन्द्रमा पुगेको जनाउँदै केही दिनभित्रै उम्मेदवारीबारे अन्तिम निर्णय हुने जानकारी दिए ।