बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोलुखुम्बुको थामेखोलामा बाढीले पाँच घर बगायो

मंगलबार, भाद्र १७ २०८२

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आइतबार राति आएको बाढीले पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुर्‍याएको छ।

अविरल वर्षाका कारण मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति पुर्‍याएकोले विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले बाढीपीडितलाई सकुशल उद्धार गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार गत वर्ष साउन ३२ गते आएको बाढीले जोखिममा परेको घर नै यस पटक पूर्ण रूपमा बगाएको हो। गाउँपालिकाको प्राविधिक टोली तत्काल थामेतर्फ पठाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा जारी विज्ञप्तिमा थामे क्षेत्र लगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।