शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा‍ धवलशम्शेर राणा नियुक्त

सोमबार, भाद्र १६ २०८२

काठमाडौँ । राजसंस्था फर्काउने आन्दोलनका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा धवलशम्शेर राणा तोकिएका छन्।

समितिका संयोजक नवराज सुवेदीले पारिवारिक कारणले केही समयका लागि देश बाहिर अष्ट्रेलिया जानुपर्ने भएकाले समितिको सम्पूर्ण जिम्मेवारी राप्रपा महामन्त्री डा राणालाई कार्यवाहक संयोजकको रुपमा सुम्पेका हुन्।

सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, “म केही समय देश बाहिर हुनेछु। मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न ८८आन्दोलन परिचालन समितिका संयोजक डा। धवलशम्शेर राणालाई अख्तियारी दिएको छु।”

संयुक्त जनआन्दोलन समिति संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्दै आएको छ।