शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली र लाओ जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबीच भेटवार्ता

सोमबार, भाद्र १६ २०८२

चीन  । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनको अवसरमा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा दुई देशबीचको आर्थिक, सांस्कृतिक र अन्य आपसी सम्बन्धका विविध पक्षहरूमा छलफल भएको छ। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।