बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भदौ २९ गतेबाट राष्ट्र बैंकले सुकिला नोटको सटही गर्ने

आइतबार, भाद्र १५ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेबाट सुकिला नोटको सटही गर्ने भएको छ । वि.सं. २०८२ को बडा दसैंमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र बाँणिज्य बैंक, बिकास र फाईनान्स कम्पनीका शाखा कार्यालयहरूबाट सर्वसाधारण लगायत विभिन्न संघसंस्थालाई यही भदौ २९ गते देखि यही असोज १० गतेसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाई छ ।