बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गैरआवासीय नेपालीको वंशजलाई नागरिकताको निरन्तरता दिनुपर्छ : अध्यक्ष लिङ्देन

आइतबार, भाद्र १५ २०८२

झापा ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपाली (एनआरएन) को वंशजलाई नागरिकताको अधिकार निरन्तरता दिनुपर्ने माग गरे ।

विर्तामोडमा आज पार्टी जिल्ला कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले विदेशमा बसोबास गर्ने नेपालीलाई मुलुकको समृद्धिमा सहभागी गराउन उनीहरूको सन्तानलाई पनि नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए। “नेपाल बाहिर पनि नेपाल छ, प्रवासमा रहेका नेपालीलाई पनि मातृभूमिप्रतिको उत्तिकै माया र चिन्ता छ,” उनको भनाइ थियो।

वि।सं। २०६३/६४ पछि बनेको नागरिकता ऐनमा दोहोरो नागरिकता नमान्ने प्रावधानले विदेशमा अध्ययन, रोजगारी र अवसरको खोजीमा गएका नेपाली सन्तानलाई ठुलो असर पुर्‍याएको लिङ्देनले टिप्पणी गरे ।

“उच्च शिक्षा वा दीर्घकालीन कामका लागि धेरै नेपाली विभिन्न देश पुगेका छन्। उताको कानुनले नागरिकता लिनुपर्ने बाध्यता आएको हो, तर त्यसले नेपालसँगको सम्बन्ध विच्छेद गर्नुपर्ने होइन,” उनले स्पष्ट पारे ।