शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु

बिहिबार, भाद्र १२ २०८२

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाले घटनास्थलमै ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

उनका अनुसार डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको हो । हालसम्म चार जनाको शव फेला परे पनि सनाखत भने हुन सकेको छैन ।

दुर्घटनामा कम्तीमा सात जना घाइते भएको अनुमान गरिएको छ तर आधिकारिक संख्या यकिन हुन बाँकी छ । घाइतेको उद्धार कार्य भइरहेको र उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइने प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।