शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेको एकल उम्मेदवारी

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी हुन् ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् । एकल उम्मेदवारी परेपछि आज दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत भएको घोषणा गर्नेछ ।

कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो ।