शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै

बुधबार, भाद्र ११ २०८२

काठमाडौँ ।   आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् ।

राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।