काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। १३ भदौमा विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूबारे छलफल गर्न बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार विधान संशोधन मस्यौदामा आएको सुझावहरू मिलाउन समय आवश्यक भएकाले बैठक स्थगित गरिएको हो। “आजसम्म सुझाव पठाउने अन्तिम म्याद छ, ती सुझाव मिलाउन समय लाग्ने भयो,” उनले भने ।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तय गरिएको छ। उक्त महाधिवेशनमा विधान संशोधन मस्यौदा प्रस्तुत गर्न १३ भदौमा बैठक बोलाइएको थियो, तर सुझावहरू मिलाउनुपर्ने कारण बैठक स्थगित गरिएको हो।