बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गलबन्दी विवाद सल्टियोः गीतमा शम्भु राईको पनि नाम रहने

बुधबार, असार ११ २०७६

काठमाडौं । ‘गलबन्दी च्यातियो’ बोलको चर्चित गीतको कपिराइट विवाद अन्त्य भएको छ । कपिराइटको दावी गरेका गायक शम्भु राई र गलबन्दीका गायक प्रकाश सपूतबीच बुधबार चार बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार गीतमा शम्भु राईको पनि नाम रहनेछ । प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ । 

 

सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो । पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए ।