काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएकी भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन्। भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भएको हो ।
राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउन सम्भावना रहेको बताउँदै, यसका लागि नेपाल सरकार इच्छुक रहेको व्यक्त गरे। उनले नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत्जस्ता क्षेत्रमा लगानीमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी दिए।
पौडेलले बौद्ध धर्म र लुम्बिनीको महत्व दुवै देशबीच गहिरो सम्बन्धका लागि सेतु भएको बताए। भियतनामी नागरिकले लुम्बिनी अवश्य दर्शन गर्नुपर्ने पवित्रस्थलको रूपमा हेर्ने कुरा उनलाई खुसीको विषय भएको उल्लेख गर्नुरे
उपराष्ट्रपति सुआनले नेपाल र भियतनामबीच सांस्कृतिक, खेलकुद र पर्यटन क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन्। साथै, नेपालले शान्ति कायम गर्न गरेको प्रयास र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताबाट आफू प्रभावित भएको पनि व्यक्त गरिन् ।
सुआनले दुई देशबीच भविष्यमा व्यापक सम्बन्धको फ्रेमवर्क निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।