शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तीन संसदीय समितिको बैठक बस्दै

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल तथा पारित गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै बिहान १० बजे बस्ने कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ