बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपत्यकाका तीन जिल्लामा नयाँ सीडीओ  

२० सहसचिव र २४ उपसचिवको एकैपटक सरुवा

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।

बुधबार गरिएको सरुवाअनुसार छविलाल रिजाललाई काठमाडौंको सीडीओ नियुक्त गरिएको छ ।

त्यस्तै, सहसचिव सुमन घिमिरे ललितपुरका नयाँ सीडीओ बनेका छन् भने सहसचिव नमराज घिमिरेलाई भक्तपुरको सीडीओका रूपमा पदस्थापन गरिएको छ ।

मन्त्रालयले उपत्यकाका मात्र होइन, अन्य सहसचिवहरूको समेत सरुवा तथा पदस्थापन गरिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयले ठूलो संख्यामा प्रशासनिक सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार मन्त्रालय तथा मातहतका निकायमा कार्यरत २० सहसचिव र २४ उपसचिवको एकैपटक सरुवा गरिएको हो ।