'युक्रेनको कथा नेपालमा पनि दोहोरिन सक्छ'
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले भावनामा आधारित लोकप्रियता अर्थात् पपुलरिज्म छोटो समयमै ठूलो जनसमर्थन जुटाउन सक्ने भए पनि यसको दीर्घकालीन परिणाम गम्भीर हुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै बस्नेतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उदाहरण दिँदै भने– हास्यकलाकार र टेलिभिजन नायकबाट सुरु भएको उनका लोकप्रियता राष्ट्रपतिमा रूपान्तरण भयो।
भ्रष्टाचारविरोधी नारासहित सत्तामा पुगे पनि अनुभव र रणनीतिक क्षमता नहुँदा युक्रेन रसियासँगको युद्धमा ठूलो क्षति भोग्न पुगेको छ। उनले बताए– “देशले २०% भूमि गुमाएको छ, खरबौं डलर बराबरको क्षति, लाखौं नागरिक र सैनिकको ज्यान गएको छ र देश आर्थिक रूपमा संकटमा परेको छ। पपुलारिज्मले ल्याउन सक्ने जोखिम सबैका लागि चेतावनी हो।”
बस्नेतले नेपालका नागरिकलाई चेतावनी दिँदै भने– अनुभव, नीति र दूरदृष्टि भएका सक्षम नेतृत्व रोज्नुपर्छ, नत्र युक्रेनजस्तो अवस्था हाम्रो देशमा पनि दोहोरिन सक्छ।
उनले लेखेका छन्-