बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामाजिक सञ्जाल विधेयक आलोचकको मुख थुन्न ल्याइएको होइन : मन्त्री गुरुङ

बुधबार, भाद्र ४ २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारका आलोचक वा व्यवस्थाविरोधीको मुख थुन्न ल्याइएको होइन भनी स्पष्ट पारेका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्न विधेयक ल्याइएको बताए।

उनले सामाजिक सञ्जाल फेसबुकको माउ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको र नेपालको संविधान तथा कानुन नमान्ने जवाफ फर्काएको उल्लेख गरे।

मन्त्री गुरुङले विधेयकको उद्देश्य डिजिटल प्लेटफर्मको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउन रहेको दोहोर्याउँदै, “प्रतिपक्षीले यसलाई सरकारले आलोचक नियन्त्रण गर्न ल्याएको जस्तो बुझ्न सक्छन्, तर त्यो सत्य होइन। हाम्रो लक्ष्य भनेको देशमा अशान्ति र लोकतन्त्रविरोधी गतिविधि नियन्त्रण गर्नु हो,” भने।