शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

किन बोलाए एमाले र कांग्रेसले आकस्मिक बैठक ?

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आज संसदीय दलको बैठक आह्वान गरेका छन्।

एमालेले साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने गरी बोलाएको छ। बैठक आकस्मिक रुपमा बोलाइएको भए पनि कार्यसूचीबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन, एमाले सांसद सूर्य थापाले जानकारी दिए।

त्यस्तै, कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

भोलि (बुधबार) प्रतिनिधि सभाको बैठक तय गरिएको छ। त्यसअगाडि आज एमाले र कांग्रेसले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनु अर्थपूर्ण रूपमा हेरिएको छ।