काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।
उपसभामुख इन्दिरा रानामगरलाई हटाउन प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ ।
१२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ ।