बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले बाेलायाे आकस्मिक संसदीय दलको बैठक

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । सत्तारूढ नेकपा एमालेले आकस्मिक संसदीय दलको बैठक आह्वान गरेको छ।

एमाले सांसद सूर्य थापाले जानकारी दिँदै बैठक आज बिहान १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बताए। तर बैठकको कार्यसूचीबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) निर्धारित रहेको छ। त्यसअघि एमालेले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको हो।