शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दिव्य कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । काठमाडौंको तीनकुनेमा अवस्थित दिव्य कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष एवं प्राचार्य नारायण काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य कक्षा १२ की छात्रा ओम्निका बस्नेतले प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा उप–प्राचार्य छत्र न्यौपान्ने, कलेजका निर्देशकहरू छवि ढुंगाना, दुर्गाप्रसाद चौलागाई, भुवन न्यौपान्ने, विश्वास बास्कोटा, उदय मास्के, अनामिका ढुंगाना, हेममणि गौतम, मुकेश पाण्डेसहितका व्यक्तित्वहरूको उपस्थिती थियो। साथै, कलेजका सल्लाहकार, प्राध्यापक तथा विभिन्न संकायका सम्पूर्ण व्याख्याता पनि सहभागी भएका थिए।

कार्यक्रममा सल्लाहकारहरु टि. एन भट्ट र सुरेन्द्र कोइराला लगायतकाे उपस्थिति थियाे ।

उद्घाटन सत्रमा कलेजका अध्यक्ष एवं प्राचार्य नारायण काफ्ले तथा अन्य अतिथिहरूले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए। अध्यक्ष काफ्लेले विद्यार्थीको समय सापेक्ष उन्नति–प्रगतिका लागि कलेज सधैं प्रतिबद्ध रहेको बताउँदै अध्ययनसँगै संस्कार, अनुशासन र मौलिक ज्ञानको अभ्यासमा जोड दिन आग्रह गरेका थिए।

विद्यार्थीको सम्पूर्ण पक्षको विकास (अध्ययन- संस्कार कौशल-अनुशासन) जस्ता कुरामा सन्तुलित ढंगले अगाडि बढे भने मात्र वास्तविक उन्नति–प्रगति सम्भव हुने कुरामा उनले जोड दिएका थिए ।

औपचारिक कार्यक्रमको कार्यक्रम संचालक टि‍. एन. भट्टले गरेका थिए ।

विज्ञान संकायका निर्देशक  छवि ढुंगानाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै कलेजको शैक्षिक ध्येय–दृष्टि तथा उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए।

त्यस्तै, उप–प्राचार्य न्यौपान्नेले कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीलाई शपथ ग्रहण गराउँदै कलेजले पालन गर्ने नियमकाे बारेमा विस्तृत जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूले साँगीतिक, सांस्कृतिक प्रस्तुतिहरू दिँदै नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गरेका थिए।

अनौपचारिक सत्रमा कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी बिकी महतो, सोनिया पाण्डे र प्राप्ती राउतले गरेका थिए।

यो खण्ड पूर्ण रूपमा मनोरञ्जनात्मक रहेको थियो। कक्षा ११ तथा १२ का छात्र–छात्राहरूले नृत्य, गायन, गजल, कविता लगायत विविध प्रस्तुति दिएका थिए। साथै, विभिन्न संस्कृतिलाई झल्काउने मौलिक भेषभूषामा नेपाली तथा हिन्दी गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई आत्मीय स्वागत गर्नुका साथै कलेज परिवारभित्र सहकार्य र एकता थप बलियो बनाएको आयोजकहरूले बताएका छन्।

हेर्नुहोस् तस्वीर