शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मंगलबार, भाद्र ३ २०८२

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।

समितिले ओझाको योग्यता अपर्याप्त रहेको, कानुनले तोकेको मापदण्ड पूरा गर्न अझै अनुभव आवश्यक पर्ने र कार्यक्षमता सम्बन्धी प्रश्न उठाउँदै प्रतिवेदन पेश गरेको थियो ।

सरकारले ओझालाई गत फागुन १२ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । तर, उनको योग्यता विवादित बनेपछि अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।