काठमाडौं असार, ९–
राजधानीको भृकुटीमण्डपस्थित सुज ग्यालरीको सोरुमले (रिपोटर्स क्लब अगाडी) ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु गरेको छ । ग्राहकले यो अफर अन्र्तगत रु. २५० मै चप्पल ५०० रुपैयामै जुत्ता खरिद गर्न सक्ने र १५ देखी ६० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ । यो अफर असार ८ गतेदेखी सिमीत अवधिसम्म चल्नेछ ।
सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वधन तथा बजारीकरण गर्ने उदेश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ ।
‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भन्नुभयो, ‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसै अन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका र्छौ । यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौ र आगामी दिनमा पनि यस्ता अफरहरु ग्राहकसामु लिएर आउने छौ ।
यस ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन्् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ । यो ग्यालरी विशुद्ध नेपाली जुत्ता चप्पल उत्पादक समुह द्धारा प्रवद्र्धन गरिएको शोरुम हो ।