काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा नेपालस्थित भारतीय राजदूत समेत सहभागी भएका थिए ।