आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको विधान महाधिवेशनमा २ हजार ३९२ जना सहभागी हुने, यस्तो छ तयारी

आइतबार, भाद्र १ २०८२

काठमाडाैं ।   नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना गर्ने दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार–प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २०७८ सालमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका २१२८ जना प्रतिनिधि रहनेछन् भने २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्। सहभागीहरूलाई डिजिटल कार्ड उपलब्ध गराइने तयारी समेत गरिएको छ।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न स्थानमा स्वागतद्वारहरू स्थापना गरिने भएको छ। यसका लागि बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी तथा विभिन्न जनसंगठनहरूले जिम्मेवारी लिनेछन्।

यस्तै, कार्यक्रमस्थलमा करिब ३०० जना स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवक व्यवस्थापन युवा संघ नेपाल, खेलकुद महासंघलगायतका जनसंगठनले गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।