आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुँदै : प्रधानमन्त्री ओली

आइतबार, भाद्र १ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा मार्ग हुँदै आवतजावत गर्दा हुने कठिनाइ अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरुङमार्गको निर्माण कार्य हालसम्म ९३ प्रतिशत सम्पन्न भइसकेको जनाउँदै, अब छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ।”

यसअघि मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले सुरुङमार्ग प्रवेश दस्तुर सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।