आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रवि लामिछाने नक्खु कारागार सरुवा हुँदै

शनिबार, साउन ३१ २०८२

काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको छ।

विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार कारागार सरुवासम्बन्धी निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ।

‘कारागार सरुवाको निर्णय गरेर पत्र पठाइसकेका छौँ,’ उनले भने, ‘सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर सकेसम्म छिट्टै नक्खु ल्याइने छ।’

लामिछाने स्वयंले पनि कारागार सरुवाका लागि निवेदन दिएका थिए।