बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

शनिबार, साउन ३१ २०८२

झापा । सुनसरी कारागारको पर्खाल नाघी फरार भएका एक कैदीलाई आज बिहान झापाको बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ ।

जबर्जस्ती करणीको अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सुनसरी जिल्ला अदालतले पौडेललाई जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाइसकेको थियो । सोही सजाय भोगिरहेको क्रममा उनी कारागारबाट फरार भएका हुन् ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइने तयारी भइरहेको प्रहरी प्रवक्ता खड्काले जनाए ।