आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राख्दै रास्वपा

शुक्रबार, साउन ३० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद अवरोध अन्त्यका लागि पार्टीले संवादको ढोका खुला राखेर अघि बढिरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग भदौ महिनाको कार्यसूचीबारे छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले रास्वपाका माग सुन्न नचाहेको आरोप लगाए। उनका अनुसार, सरकार जनताको मुद्दाप्रति गम्भीर हुनुपर्ने र सभामुखले यसका लागि पहल गरिरहेको बताएका छन्।

परियारले भदौ ४, ५ र ६ गते संसद सञ्चालन गर्ने र त्यसपछि १५ भदौपछि मात्र पुनः बैठक बस्ने योजना रहेको जानकारी दिए। भदौ ४ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने कुरा पनि छलफल भएको उनको भनाइ छ।

उनका अनुसार, सभामुखले सबै सांसद उपस्थित भएर विधेयकहरूमाथि छलफल गर्दा राम्रो हुने सुझाव दिएका छन्। परियारले भने, “संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ।”