आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकीकृत समाजवादीकाे सचिवालय बैठक जारी, १३ नयाँ केन्द्रीय सदस्य थपिने

वामदेव गौतमलाई जिम्मेवारी, झाँक्रीको आत्मसमीक्षाबारे निर्णय

शुक्रबार, साउन ३० २०८२

काठमाडाै‌ ।  नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।

बैठकमा वरिष्ठ नेता वामदेव गौतमको जिम्मेवारी र नेतृ रामकुमारी झाँक्रीको आत्मसमीक्षाबारे निर्णय लिइने जनाइएको छ। बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको छ।

गौतमसँगै नेकपा एसमा आएका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, ९ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ। नयाँ केन्द्रीय सदस्यहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवान रहेका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने भएको छ। विशेषगरी नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकताको विषय पनि बैठकमा उठाइने बताइएको छ।