बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रास्वपाका नेता थापा अमेरिकाबाट निष्कासित

शुक्रबार, साउन ३० २०८२

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासित भएका छन्। अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा उनलाई अनुसन्धान गरी ग्रीनकार्ड रद्द गरेको स्रोतले जनाएको छ।

अध्यागमन स्रोतका अनुसार ५६ वर्षीय थापालाई साउन २२ गते भारत हुँदै एयर इन्डियाको एआई २११ उडानमार्फत काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै अध्यागमन विभागले आवश्यक कागजी प्रक्रिया पूरा गरी उनलाई मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो।

ब्युरोले पनि थप आवश्यक प्रक्रिया सकेर उनलाई रिहा गरेको बताइएको छ। थापा अमेरिकामा बसोबास गर्दै विभिन्न कानुन उल्लंघन तथा अन्य कसुरमा संलग्न रहेको आरोपमा केही समयअघि आइसको नियन्त्रणमा परेका थिए।