आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूद्वारा आन्दोलनको घोषणा

बिहिबार, साउन २९ २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै व्यापक आन्दोलनको घोषणा गरेका छन्।

निजी विद्यालय संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त विज्ञप्तिमार्फत सबै तहका समितिलाई आन्दोलनको तयारी गर्न आग्रह गरेका छन्।

घोषित कार्यक्रमअनुसार आज पहिलो दिन देशभरका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ। भोलि (शुक्रबार) जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाइने छ। आगामी भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रम रहेको छ।

भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने र सुझाव संकलनका लागि राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय गरिएको छ। भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक हुने र भदौ ६९७ गते केन्द्र तथा प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणासमेत गरिएको छ।